Kantipur Yatayat & women's seat

Leave a Comment
कलेज सकिएको पनि धेरै दिन भएको थियो र कलेजको मिल्ने साथी बिकास लाई नभेटेको पनि धेरै दिन भईसकेको थियो ।
हिजो उ संग एकछिन Online मा कुरा गर्दै  थिए र उसले भेटेर कुरा गरम न त भन्यो।
मैले कहाँ र कति बजे भनेर सोधे ।
उस्ले मलाई रत्नपार्क मा भेटम न त १२ बजे तिर ,त्यसपछि कहाँ जाने निधो गरम्ला भन्यो।
मैले हुन्छ भन्दै facebook बाट log out गरे।
अनि बिहान खाना पकाई ,खाना खाई ,नुबाई धुबाई गरी रत्नपार्क जान तयार भए ।
११ बजे घर बाट निस्किए र बसुन्धरा तर्फ गाडी चढ्न लागे ।
लगभग १० मिनेट जति कुरेपछि गाडी आयो (बानेश्वर हुदै कोटेश्बर जाने कान्तीपुर यातायात) सिट सबै भरि भराउ थिय । कान्तीपुर यातायातमा उभिनु मेरो लागी कुनै नौलो कुरा थिएन ,मलाई पुरा आशा थियो कि टिचिंग हस्पिटल तिर पुगेसी सिट पाउछु भनेर । गाडी मा सिट त खाली भए तर आरक्षित महिला सिट मात्र ,र त्यँहा बस्न मनले पनि मानेन र गाडी मा उभि नै राखे र अरु दुई जना पुरुष त्यो महिला सिट मा बसे  । त्यतिकैमा तालीम केन्द्र मा पुग्दा एक जना दाई ओर्लनु भयो र म त्याहाँ बस्न पुगे। तालीम केन्द्र बाट दुई जना महिला दिदीबहिनी चढ्नु भयो । १ जना त आमा कै उमेर को हुनुहुन्थयो।
गाडी मा सबै पुरुष हरु मात्र बसेको देखिन्थयो र उहाँले मेरो नजिका आएर अप्रत्यक्ष रुपमा भन्न थाल्नु भो ।
सबै छोरा मान्छे मात्र बसेका छन ,हामी आईमाई लाई बस्न दिए नी हुन्थ्यो नी ।
मैले बुझिसकेको थिए की उनिहरुले मलाई सिट छोड्दे भन्न खोजेका थिए। के आईमाई भएसी उभिनै नहुने हो त ? तिनी हरु लाई थाहा नभएर हो की महिला सिट को बारेमा जहाँ पुरुष बसिरहेका थिए ।
मैले यस्तो गर्मी मा बल्ल बल्ल बस्न पाएको सुट नचाहँदा नचाहादै छोडे र उनिहरुलाई महिला सिट को बारेमा सचेत गराए र १ जना महिला लाई त्याहा बस्न आग्रह गरे र महिला सिट मा बसेका दाई हरुलाई कहिले पनि महिला सिट मा नबस्न सुझाए ।उनिहरु खुशी हुदै बसे र मलाई पनि उनिहरु लाई बस्न दिएको र केही सिकाउन पाएको मा खुशी लाग्यो ।
उनिहरु जमलमा झर्ने बेलामा धन्यवाद भन्दै गए र यत्तिकैमा मेरो फोन बज्यो ।
बिकास ले नै गरेको रहेछ कल ।
उ त्यही मलाई कुरी राखेको रहेछ र मैले उसलाई कान्तीपुर यातायातमा भएको घटना सुनाए र यस्को बारेमा Blog लेख्ने जानाकारी दिए ।
र म सबै पुरुष दाजुभाई हरि़ुलाई आग्रह गर्छु की महिला सिटमा नबसिदिनुहोला र त्याँहा बसी आफै लज्जित नबन्नुहोला ।
धन्यवाद
___________________
Next PostNewer Post Previous PostOlder Post Home

0 comments:

Post a Comment

Powered by Blogger.