Wildearthnepal.com बिगत ६ बर्ष देखी देखी रहेको छु यो हरियो बोर्ड । काठमान्डौ आएको पनि ६ बर्ष भईसकेछ ।कति छिटो समय बितेको केही अत्तो पत्तो पाईएन । काठमान्डौ को रमाईलो बसाई र मिठो सम्झनमा पर्छ यो बासँबारी स्थित रहेको यो Wild Earth नेपाल को कार्यलय ।
दिनँहु त होईन तर जेहोस हप्ता मा ५,६ पटक त देख्छु होला यो हरियो बोर्ड । म ईन्टरनेट प्रबिधी मा जोडीएको सन २०१० को ताका हो तर तेती वेला म सामाजिक संजालहरु संग घुलमिल भको थिईन तर गुगल गर्ने बिभिन्न website हरु खोल्ने र राम्रा राम्रा तस्बिर हेरेर रमाउने गर्दथे।र यो wild earth संग को मिठो सम्झना पनि website संगै रहेको छ । यसको website wildearthnepal.com हो र म यो जैले सम्झने गर्छु जुन दिन त्यो बाटो हुदै आफ्नो घर तिर जान खोज्दछु । आज त यो website खोलेर हेर्छु भन्छु जब घर पुग्छु तब बिर्सनछु । यस्को याद त तब मात्र आँउछ जब म यो बाटो हुदै हिड्छु । यो web login गर्छु भनेको पनि ६ बर्ष बितिसकेछ तर अहिले सम्म यो web खोलेको छैन ।
मैले चाहेको भए त्यही बाटो मा खोलेर हेर्न सक्थे तर data को मायाले खोल्न सकिन ।र भरे,राती भोली भन्दा भन्दै ६ बर्ष बित्यो तर मैले अहिले यो blog लेख्ुनजेल सम्म पनि खोलेको छैन र खोल्ने छैन पनि ।यत्रो ६ बर्ष टारेको चिज अझै अरु समय किन न टार्ने ? भन्दै खोल्नै अल्छि लाग्यो र खोलिन सम्भवत अब यो website मैले चाहेर पनि खोल्ने छैन । म मेरो र wildearth को समबन्ध यस्तै कायम राख्न चाहान्छु ।यो web login गर्ने चाहाना यो बाटो बाट गुजरिदा राखे पनि यो website मा login गर्ने छैन।
मैले खोल्ने अबसर नमिले पनि हजुर हरुले चै खोलेर हेर्दिनु ल ।
जय wild earth nepal
0 comments:
Post a Comment